धरान : सुनसरीको रामधुनी-२ शिवनगरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी-२ शिवनगरका २४ वर्षीय निमेष चौधरी र मोटरसाइकल पछाडी सवार रहेका सोही स्थानका २३ वर्षीय जीवन चौधरी रहेका छन् ।

गए राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाइकल साइडमा रोकीराखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक निमेष र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए ।

उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।