धरान : झापाको मेचीनगर नगरपालिका-६ सीमा एरियाबाट लागुऔषध ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ्गाल खोरोबारीका २५ वर्षीय साधिक आलम रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपराह्न पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।

नियन्त्रण पश्चात् उनी माथि चेकजाँच गर्दा कालो प्लास्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

पक्राउ परेका आलम उपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।