विराटनगर स् प्रदेश नं। १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । 

मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरङको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२,  कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, बिर्तामोड र गौरादहमा ४–४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २–२, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी र अर्जुनधारामा १–१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहबीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, सङ्खुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५३२ पुगेको छ ।

प्रदेश १ मा आज २४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९७, होटल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ९८ पुगेको छ । 

प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।