धरान : धरानमा आइतबार साँझ थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाले एन्फा क्वारेनटाइनमा लिएको स्वाब र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट ५२ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७८० पुगेको छ ।