विराटनगर : प्रदेश प्रहरी प्रमुख ईश्वर बाबु कार्कीले प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई जानकारी गराउँदै उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली बमोजिम कडा कारबाही बताएका छन् ।

मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरूलाई आइतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर को प्राङ्गणमा निर्देशन दिँदै सो कुरा बताएका हुन ।

डिआइजी ईश्वर बाबु कार्कीले झापा जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरूलाई पनि आजै इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई सोही निर्देशन दिएका हुन।

चाडबाडको समयमा खुल्ला सिमानाको फाइदा उठाउँदै हुन सक्ने अवैध चोरी निकासी तथा अन्तर देशीय रूपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाइका साथ कार्य सम्पादन गर्न निर्देशन समेत दिएका छन् ।

उनले सीमा क्षेत्रमा अवैध चोरी निकासी पैठारीमा मिलेमतो गर्ने र आर्थिक प्रलोभनमा परी कमजोर कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावली अनुसार कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रहरी आचार संहिता कार्यादेश २०७७ अक्षरशः पालना गर्ने र गराउने कार्यमा दौडधुप लागेका कार्कीले भने 'अन्य जिलामा पनि यो अभियान जारी राख्छु, चाडपर्वमा चोरी तस्करी बढ्ने आकलन हाम्रो हो। अझै चाडपर्व बाँकी नै छन्।'

पछिल्लो समय सीमा क्षेत्रमा चोरी, गाइ गोरु तस्करी, हतियार कारोबार तथा लागुऔषध बढ्यो प्रहरी आन्तरिक शुद्धीकरणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै कार्कीले तस्करी, हतियार ओसारपसार, लागुऔषध कारोबारलगायत कुनै पनि सीमा अपराध नियन्त्रणमा प्रहरी आक्रामक भएर लाग्ने बताए ।

Police-2