धरान : सङ्खुवासभाको मकालु गाउँपालिका ५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

निर्माणाधीन अरुण तेस्रो जलबिधुत आयोजनामा कार्यरत सिमरा जितपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय सम बहादुर योञ्जन तामाङको मृत्यु भएको हो ।

आइतबार राती ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिब ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।