धरान : धरान उपमहानगरपालिकामा सोमबार साँझ ७० जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइन र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९३१ पुगेको छ । धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ ।

धरान उपमहानगरपालिकामा अहिले सम्म ६ हजार ७ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । जस मध्ये बीपी र धरान उपमहानगरपालिकाले लिएको स्वाबको नमुना मध्येबाट २९३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसै गरी धरान उपमहानगरपालिकामा होम आइसोलेसनमा १ हजार ३१ जना बसेका छन् भने अहिले सम्म हस्पिटल र होम आइसोलेसनबाट १७७१ जना डिस्चार्ज भएका छन् ।

Covid-Data

धरान उपमहानगरद्वारा बीपीलाई स्वास्थ्य सामाग्री प्रदान :
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोवायोलोजि विभागलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सर्किजल मास्क ५ सय थान, फेस सिल्ड ३० थान, सर्किजल ग्लोव्स ५ सय थान, हेण्ड स्यानिटाइजर १० लिटर, हेण्ड क्याप ५ सय थान, डिस्पोजल ग्लोव्स् २ सय ५० थान, हेण्ड वास १० थान हस्तान्तरण गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

Sahayog