धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार महादेवा ६ सप्तरी स्थायी ठेगाना भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कार्यरत ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनमा पहिले कुनै दिर्घरोग नभएको र उनी प्रतिष्ठानको इमरजेन्सीमा कार्यरत रेडियोग्राफर भएको बताइएको छ । उनको सोमबार ५ः४० बजे इमरजेन्सीमा उपचारको क्रममा मृत्यु भएको हो ।