धरान : धरान उपमहानगरपालिकामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान १६ का ७७ वर्षीय पुरुषको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

कार्तिक ८ गते कोरोना संक्रमित भएका मृतकको कुनै पनि दिर्घरोग नभएको उनको परिवारले जनाएका छन् । उनको स्वास्थ्य प्रोटोकल अनुसार शवको व्यवस्थापन गर्ने तयारी भइरहेको बताइएको छ ।