विराटनगर : प्रदेश १ मा आज ३६३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५–५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १–१, झापाको दमकमा ३१, बिर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमल गाउँपालिकामा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १–१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार १५४ पुगेको छ ।

प्रदेश १ मा आज १६० जना डिस्चार्ज भएका छन् । वि।जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आइसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आइसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आइसोलेसन केन्द्रबाट १४–१४, जिल्ला अस्पताल सङ्खुवासभाबाट ७, रुम्झाटार आइसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभूत विद्यालय आइसोलेसन केन्द्रबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ७३६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ६३ हजार ४९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।