धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरान ९ की महिला सहित २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार मङ्गलवार अपराह्न ४ः४५ बजे धरान ९ की ६१ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको छ ।

यसै गरी मङ्गलवार बिहान ५ : ५ बजे मोरङको केराबारी ८ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यो सँगै आज एकै दिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।