धरान : धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

धरान-१९ को राँगा चोकमा नयाँ बनेको पक्की घर निमार्णकालागि झुम्काबाट धरान आएका चौधरी थरका बालकले बालिकालाई बलात्कार गरेको किटान जाहेरी धरानमा परेको थियो ।

जाहेरीका आधारमा आइतबार १५ वर्षीय बालक पक्राउ परेका थिए । अनुसन्धानको क्रममा पीडितले दिएको नाम अनुसार थप २ जना युवा पनि पक्राउ परेका छन्।

बाल सुधार केन्द्र नभएकाले प्रहरी हिरासत नराखी अलग्गै कोठामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै आर्थिक रूपमा मिलाउने प्रयास समेत भएको बताइएको छ।