खोटाङ : खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-६ बाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरूलाई आतङ्कित बनाएको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय भूपाल मोक्तानलाई एक थान भरुवा बन्दुक सहित घरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।