झापा : झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट १३ बोरा पटका सहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।

भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।

टेम्पोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटका, अटो र मानिसलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।