झापा : झापाको मेचीनगर नगरपालिका-७ बाट भन्सार छलेर ल्याएको मोटर पार्टस सहित ७ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस सहित सात लाख भन्दा बढी मुल्यको सामानहरु बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको प्रहरीले जनाएको छ ।