धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान र इटहरीका २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान १ का ६१ वर्षीय महिला कोरोना सङ्क्रमितको मृत्यु भएको हो । असोज ३० गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई कार्तिक ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान ३ : १५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी इटहरी ६ की ९ वर्षीय बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको छ । कार्तिक १७ गते कोरोना सङ्क्रमण भएकी बालिकाको १८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि आज बिहान ३ : २५ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष् श्रेष्ठले जानकारी दिएका छन् ।