दमक : कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक-५ की एक युवती आफैं सुत्ने कोठामा मृत भेटिएकी छिन ।

दमक-५ की २२ वर्षिया दीक्षा लिम्बु मृत फेला परेकी हुन । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी ति युवती घरको कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले पनि ति युवतीमा कोरोना देखिएको पुष्टि गरे ।

प्रहरीले उनको शव अहिले घेरा हालेर राखेको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने डिएसपी पण्डीतले बताए ।

त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् ।

उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो ।