विराटनगर : प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहबी, बर्जू, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १०, बिर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ४०१ पुगेको छ ।

प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आइसोलेसन, र बैजनाथपुर आइसोलेसनबाट ७–७, नोबेल अस्पताल र बेलबारी आइसोलेसनबाट ६–६, धाईजन आइसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४–४, जिल्ला अस्पताल सङ्खुवासभा र मारवाडी सेवा सदन आइसोलेसनबाट ३–३, कोभिड १९ आइसोलेसन अस्पताल, कोभिड १९ आइसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार १०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।