धरान : धरान उपमहानगरपालिकामा बुधवार साँझ थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिकाले आज लिएको ३५ जनाको स्वाब र हिजोको बाँकी गरी प्रतिष्ठानको हेल्प डेस्कमा लिएको स्वाबको नमुना मध्येबाट ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९८३ पुगेको छ ।