धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत मोरङ र सप्तरीका तीन जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार मोरङका ५९ वर्षीय पुरुष, सप्तरी राजविराज १ का २३ वर्षीय महिला र राजविराज ८ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत तीनै जनाको नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।