विराटनगर : प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, सङ्खुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बुढीगंगा, धनपालथान, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहबीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १,संखुवासभाको धर्मदेवी र मादीमा १–१, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५९ महिला र २४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६६ हजार १०३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ५९५ जना डिस्चार्ज :
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनमा ५६३, बेलबारी आइसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल सङ्खुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आइसोलेसन, वि जेनरल अस्पताल हरिनगर र धाईजन आइसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ६९५ पुगेको छ ।