झापा : झापाको भद्रपुर नगरपालिका ५ स्थित सीमा एरियाबाट करिब तिन लाख बराबरको अतिसबाजी पटका बरामद गरिएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरू बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरी सीमा एरियामा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।