तेह्रथुम : तेह्रथुम म्याङ्लुङ-९ सम्फरजुङ बस्ने ४१ वर्षीय वासुदेव लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो साँझ सोही स्थानमा रहेको जंगलबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासि भिरबाट लड्दा उनको मृत्यु भएको भनी आफन्तले हिजो अपराह्न साढे ४ बजे प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।