धरान : धरान उपमहानगरपालिकाको दुई जना कर्मचारी सहित थप ५१ जना कोरोना संक्रमित धरानमा थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान उपमहानगरपालिकाले लिएको ५१ जनाको स्वाब मध्ये १३ जना र बाँकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै धरानमा मात्रै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०३४ पुगेको छ ।