विराटनगर : प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, बिर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हाल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लाली गुराँसमा ४, म्याङ्लुङ र छथरमा १–१, इलामको इलाम नगरपालिकामा २ र सूर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, सङ्खुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ ।

प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।