धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरानका २ जना सहित आज तीन जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान १६ का ८१ वर्षीय बृद्धा महिला, धरान १२ का ७८ वर्षीय बृद्धा महिला र उदयपुरको कटारीकी १४ वर्षीय बालिकाको मृत्यु भएको हो ।

धरान १६ की ८१ वर्षीय बृद्धाको आज दिउसो २ बजे, धरान १२ की ७८ वर्षीय बृद्धाको बिहान ११ बजे र उदयपुर कटारीकी १४ वर्षीय बालिकाको बिहान ९ ः ५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।