धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा शुक्रवार साँझ थप एक जना धरान ९ का कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

 प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका ९ बा ६७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा शुक्रवार साँझ ६ बजे मृत्यु भएको हो ।

 यो सँगै शुक्रवार मात्रै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकै दिन ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना धरानका र एक जना बालिका उदयपुरका रहेका छन् ।