धरान : सुनसरी जिल्लामा मात्रै अहिले सम्म ५ हजार ४ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार जिल्लाभर ५,४७८ जान कोरोना संक्रमित मध्ये १०८ जनाको मृत्यु भएको छ ।

अहिले सम्म सुनसरी जिल्लामा ३१४४ जना कोरोना सङ्क्रमितले कोरोना जितेका छन् ।

धरानमा फेरि थपिए २६ जना कोरोना संक्रमित :
धरानमा फेरि २६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०६० पुगेको छ ।

थपिएका कोरोना सङ्क्रमितहरूको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ ।