विराटनगर : प्रदेश १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहबीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, बिर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रुङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्बुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङ्लुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा आज ५२७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ५६७ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार ६७५ जनाको पीसीआर परिक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।