धरान : शुभ युग मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ का विजेताहरूलाई शनिवार पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा ममन् खडका र जेनिस खडका विजेता भएका थिए । त्यस्तै, पूजा अर्याल फस्ट रनर अप र सञ्जिता धमला सेकेन्ड रनर अप भएका थिए ।

पूर्व घोषित सर्त अनुसार विजेतालाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगद सहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

हाम्रो शब्द अनलाइन न्युज पोर्टलको कार्यालय झुम्कामा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको हो । विजेतालाई रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले पुरस्कार वितरण गरेका थिए ।

२०७७ असोज १८ गतेदेखि कार्तिक ३ गते सम्म चलेको प्रतियोगितामा ४०४ जना सहभागी भएको प्रा.लि.का अध्यक्ष शिशिर भट्टराईले बताए ।

कोरोनाकहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्साहन गर्ने उद्देश्यका साथ घरमै बसेर समेत सहभागी बन्न सकिने खालको प्रतियोगिता सञ्चालन गरिएको भट्टराईले बताए ।