धरान : झापाको चारपानेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ च ४७६७ नम्बरको स्कारपियोले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री अर्जुनधारा ५ बस्ने २७ वर्षीय मनोज कार्कीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको उपचारको लागि बिर्ता सिटी अस्पताल लगिएकोमा उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियोलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।