धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धनकुटाको पाख्रिबासका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धनकुटाको पाख्रिवास ३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा आज दिउसो १ स् ५ बजे मृत्यु भएको हो ।

कार्तिक २० गते कोरोना पुष्टि भएका मृतकलाई हिजो मात्रै कोभिड १९ अस्पतालमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।