धरान : जिल्ला  प्रहरी कार्यालय सुनसरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज वडा नं. ६ बस्ने वर्षीय ३५ महेन्द्र प्रसाद मेहता रहेको सुनसरीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

मेहता हरिनगर गाउँपालिकाका वडा नं १ मा  विपत् व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्य समेत गरिरहेका छन् ।  पीडित भनिने महिला हरिनगर गाउँपालिकाकाकी कर्मचारी हुन । पीडितका श्रीमान् विदेश रहेका छन् ।

अश्लील तस्बिर श्रीमान सम्म पुगेपछी मुद्दा हालेको मेहताले प्रहरीमा बयान दिएका छन् । मेहताले विभिन्न प्रलोभन देखाएर, मोलमोलाइ गरी, करकापमा पारेर माया गर्ने गरेर  खानेकुरामा नशालु पदार्थ समेत सेवन गराई लट्टिएको बेला पटक पटक यौन शोषण गरेको भन्दै पीडित महिलाको उजुरी दिएकी हुन्।

पक्राउ परेका मेहतालाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम सुनसरी जिल्ला अदालत इनरुवाबाट म्याद लिई अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।