झापा : झापाको दमक २ स्थित भुटानी शरणार्थीहरूको रेखदेख तथा समन्वय गर्ने निकायको रूपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको छ ।

दमक अस्पतालको मातहतमा रहने गरी कोभिड उपचार केन्द्र स्थापना गरिएको हो । सो केन्द्रको आज प्रदेश सभा सदस्य अर्जुन राईले औपचारिक रूपमा उद्घाटन गर्दै विश्वभर फैलिएको कोरोना महामारीसँग जुध्न सबै शक्ति एक ठाउँमा उभिने बेला आएको बताए । सो उपचार केन्द्रबाट यहाँका नागरिकहरूलाई भरपुर सेवा लिएर लाभ उठाउन उनले आग्रह गरे ।

अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छिन ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोभिड उपचार केन्द्रका रूपमा सो अस्पताल सञ्चालनमा आएको जानकारी गराउँदै अस्पताललाई निरन्तर सञ्चालन गर्न सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा समेत राखिएकी जनाएकी छिन