धरान : धरान-१३ सुम्निमा चोकका २३ वर्षीय सिचम्बर राई लागुऔषध सहित पक्राउ परेका छन्।

बराहक्षेत्र नगरपालिका ११ मुसरी टोलमा प्रहरी चौकी मधुवनबाट खटिइएको गस्ती प्रहरीले कोशीटप्पु जमुवा चोक हुँदै धरान तर्फ जाँदै गर्दा शङ्का लागी जाँच गर्ने क्रममा लागुऔषध सहित उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

राईका साथबाट कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको डाईजेपाम १०० एम्पुल, लुपिजेसिक १०० एम्पुल र फेनारगन १०० एम्पुल लागुऔषध बरामद गरिएको हो ।

लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।