धरान : धरान उपमहानगरपालिकामा फेरि ३३ जना कोरोना संक्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार हिजो साँझ र राति अबेर आएको रिपोर्ट अनुसार धरानमा थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३१०५ पुगेको छ ।

थपिएका सङ्क्रमितहरूको एन्फा क्वारेनटाइन र बीपीको हेल्प डेस्कमा लिइएका स्वाबका नमुना मध्येबाट ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।