धरान : धरान-१४ विजयपुरमा आज कोरोना संक्रमित एक बृद्धा महिलाको मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मृतक बृद्धाको शुक्रवार स्वाब लिइएको थियो भने हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनलाई बीपीको इमरजेन्सीमा लगिएको थियो । हिजो घर लगिएपछि आज बिहान धरान-१४ विजयपुरकी ६७ वर्षीय बृद्धा महिलाको मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको धरान १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । 

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।