धरान : अहिले सम्म सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ५१ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरी जिल्लाका १२ पालिका मध्ये सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा ३,२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी दोस्रो इटहरी उपमहानगरपालिकामा १,६८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी इनरुवा नगरपालिकामा ४३३, दुहबी नगरपालिकामा ३७४, रामधुनी नगरपालिकामा १५१, बराहक्षेत्र नगरपालिकामा १३२, कोशी गाउँपालिकामा ८४, बर्जु गाउँपालिकामा ८२, गढी गाउँपालिकामा ६६, हरीनगर गाउँपालिकामा ५२, देवानगन्ज गाउँपालिकामा ४६, भोक्राहा नरसिंहमा ४० र ठेगाना नखुलेका ४४ जना गरी जिल्ला भर कुल सङ्क्रमितको सङ्ख्या ६,४५१ पुगेको छ ।

सुनसरीमा अहिले सम्म ३१,१४९ जनाको पिसिआर परीक्षण भएको छ । जिल्लामा ११२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कुल संक्रमित मध्ये ३,७६४ जना कोरोना जितेर निको भएका छन् ।

सुनसरी जिल्लाको १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना संक्रमित धरान उपमहानगरपालिकामा देखिएको छ भने मृत्यु दर पनि धरानमै बढेको छ ।

यसरी कोरोना सङ्क्रमण बढ्नुको मुख्य कारण स्थानीय पालिकाहरूले कोरोना सङ्क्रमितहरूको कन्ट्रयाक ट्रेसिङ नगरिनु र सर्वसाधारणले पनि लापर्वही गर्नुले भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताएका छन् ।

Covid-Data 1