धरान : उदयपुरमा भएको स्कुटर दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी १९ वर्षीय युनिका बुढाथोकी को मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी युनिकाको उपचारको क्रममा विराटनगर न्युरो हस्पिटलमा १२ बजे मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले बताए ।

गए सोमबार राती साँझ ०६:४५ बजेको समयमा उदयपुर १० बाँसबारी स्थितमा को ३९ प ९०७० न. को स्कुटर सडकमा हिँडेको कुकुर बचाउन खोज्दा आफै अनियन्त्रित भई दुर्घटना भएको दाहालले जानकारी दिए ।

उदयपुर ९ राजाबास बस्ने खड्ग बहादुर बुढाथोकीको छोरा वर्ष १३ को युनिक बुढाथोकीले चलाएको स्कुटरमा पछाडि सवार मृतक युनिका नाताले युनिकको दिदी हुन।

स्कुटर चालक युनिक बुढाथोकीको न्युरो हस्पिटलमा उपचार भइरहेको उदयपुर कार्यालयले जनाएको छ ।