विराटनगर : प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २–२, ग्रामथान र बुढीगंगामा १–१ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा २७, बिर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३–३, कनकाई, हाल्दिबारी र मेचीनगरमा २–२, बुद्धशान्ति र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १–१, सङ्खुवासभाको मकालु र खाँदबारीमा १–१, तेह्रथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १–१, इलामको माई नगरपालिका, पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२४ महिला र १९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १५ हजार ३१५ पुगेको छ ।