धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा उदयपुरका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार चौदण्डीगढी २ उदयपुरका ४२ वर्षीय पुरुषको उपचारको क्रममा मङ्गलवार मध्यान्ह १२ बजे मृत्यु भएको हो ।