धरान : धरान उपमहानगरपालिकामा फेरि २३ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३२०७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।