धरान : इलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई ११ वर्ष पछि पक्राउ गरेको छ ।

२०६६ज्येष्ठ १४ गते जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का ४६ बर्षीय नारायण बहादुर राउतलाई कार्तिक २६ गते बिहान गाउँघरमा नै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।