विराटनगर : प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २-२, इलाम, तेह्रथुम र भोजपुर १-१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १-१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा २-२, अर्जुनधारा र मेचीनगरमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १-१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ७० पुगेको छ ।

प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४-४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २-२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोबेल अस्पताल र वि. जेनरल अस्पताल हरिनगरबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ४१८ पुगेको छ ।