धरान : धरान उपमहानगरपालिकामा बिहीबार साँझ थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार बिहीबार बिहान एन्फा क्वारेनटाइनमा ४४ जनाको लिइएको स्वाब र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट ३३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३२४० पुगेको छ ।