धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारकोक्रममा शुक्रवार १ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार कमलपुर १ सप्तरी निवासी ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कार्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारको क्रममा शुक्रवार १ : ३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।