धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत बराहक्षेत्र नगरपालिकाकी एक जना कोरोना संक्रमित युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार बराहक्षेत्र नगरपालिका ५ की १९ वर्षीय कोरोना संक्रमित युवतीको उपचारको क्रममा आज बिहान साढे ४ बजे बिहान मृत्यु भएको हो ।

कार्तिक २८ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई सोही दिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।