धरान : धरानमा आज फेरि थप ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार एन्फा क्वारेनटाइन र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३२७५ पुगेको छ ।