धरान : कोरोना महामारीको बाबजुद शनिवार साँझ लक्ष्मी पूजा गरिएको छ ।

विगतका वर्षहरूमा लक्ष्मी पुजाको दिन धरान बजारमा तिहारको झिलिमिलीको रौनक गज्जबको हुने गर्दथ्यो । तर यस पटक कोरोना कहरका कारण धरानमा झिलिमिली विगतका वर्षहरूको तुलनामा कम मात्रै देखिएको छ । लक्ष्मीपूजाको राति धरान बजार खासै झिलिमिली देखिएन ।

Tihar-1 1

धरानको पुरानो बजारको माछाभौडी नजिकै केही झिलिमिली देखिए पनि धरानको मुख्य चौक भानु चौकमा झिलिमिली देखिएन । विगतका वर्षहरूमा घण्टाघरमा झिलिमिली बत्ती लगाए पनि यस पटक घण्टाघर अध्यारोनै देखियो । घण्टाघरको कम्पाउण्ड वालमा राखिएको दुई वटा डिस्प्ले बोर्डले मात्रै भानुचौकलाई उज्यलाएको देखिन्थ्यो ।

Tihar-2 1

यसै गरी धरानको मुख्य बजारमा पनि यस पटक झिलिमिली खासै देखिएन । छाताचौक, लक्ष्मी चौक, जिरोप्वाईन्ट र अमरहाटमा त्यस्तो बत्तीको झिलिमिली नदेखिए पनि धरानको देशीलाईनमा भने केही झिलिमिली देखिएको थियो ।

Tihar-3 6

कोरोना कहरका कारण यस पटक धरानमा तिहार झिलिमिली हुन नसकेको देखियो । दिउसो बजारमा भिड देखिए पनि राति धरान बजारमा तिहारको खासै रौनक देखिएन ।

Tihar-4 7

प्रशासनले पटकाजन्य बस्तुमा कडाइ गरेको भनिए पनि लक्ष्मीपूजाका दिन अत्यधिक पटका पडकाईएको पाइयो । पटकाजन्य बस्तु रोक लगाउने प्रशासनले भने पनि प्रहरी यो अभियानमा भने असफल देखिएको छ ।

Tihar-7 6 Tihar-8 6 Tihar-9 6