धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा झापाकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार झापा ठेगाना भएकी २५ वर्षीय युवतीको गए राति साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कार्तिक २७ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको प्रतिष्ठानमा उपचारका लागि २६ गते नै भर्ना भएकी थिइन् ।